रमेश बन गोसाइँले निर्देशन गरेको लघु चलचित्र कोभिड 19 को पोस्टर सार्बजनिक भएको छ । कोभिड 19 कोरोना भाइरसको बिषयमा बनेको यस चलचित्रको कथा परिकल्पना राजबहादुर सानेले गरेका हुन । जसमा नारायण राई; प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय रहेको छ ।सम्पादन कलर पार्स्व सङ्गीत चेतन सागरको रहेको छ भने स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको छ ।पोस्टर डिजाइन पनि चेतन सागरकै रहेको छ ।जसलाई रोमि इन्टरटेमेन्ट प्रस्तुत गरेको हो ।

कथाकार सानेका अनुसार कोरोना भाइरसको कारण समाजमा निम्न बर्गले भोग्नुपरेको पिडालाइ चलचित्रमा समेटिएको छ ।कोरोनाका कारण मानिसमा कस्तो मनोबैज्ञानिक असर पर्यो ? त्यसका अनेकौं पाटालाइ उधिन्न खोजेका छौ । उनी भन्छ्न भाइरसले जसरी मानव शरीरमा असर गर्छ त्यस्तै असर भाइरसले मनो बिज्ञानमा पनि पार्छ ।हाम्रो उद्देश्य कोभिड नाइटिनले समाजमा परेको छापलाइ देखाउनु हो । यो आजको क्वारेन्टाइन जीवनको कथा हो ।
निर्देशन गोसाइँ भन्छन् मनोरञ्जन सन्देश हास्य व्यंग्यले भरिएको यो चलचित्र सबैले हेर्न जरुरी छ ।आजको नेपाली समाजको फरक कथाले दर्शकको मन अबस्य छुनेछ ।
चलचित्र यहि जेठ नौ गते रोमि इन्टरटेमेन्टको युबटुब मार्फत सार्बजनिक हुँदैछ ।

तपाईको प्रतिक्रिया