मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सवधान रहनु होला । सामान्य रुघाखोकिले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाँउमा धनको नाश हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बुद्धि विवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ । कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन् । पढाइमा मन जानेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुुपर्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ । समयको भने बचत गर्नु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाँउबाट धन आउने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साथीभाइले काममा सहयोग जुटाउने छन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसंग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसंग मनमुटाव हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ ।

तपाईको प्रतिक्रिया