काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली चलचित्र निर्माण गर्न प्रोत्साहन, कलाकार संघको भवन निर्माण, मौलिक चलचित्र निर्माण, देशैभर छायांकन स्थल लगायतका शीर्षकमा आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

सरकारले यस आर्थिक बर्षको बजेटमा चलचित्र तथा कलाकारहरुलाइ सम्बोधन गरेकोमा सम्पूर्ण कलाकार संघका पदाधिकारीहरु र चलचित्रकर्मीहरुले खुसि ब्यक्त गरेका छन् भने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा सरकारलाई धन्यबाद व्यक्त गरे । ‘सरकारले हामी भवन बिहीन भएको महसुस गरेर बजेट विनियोजन गरेको छ । अध्यक्ष खड्का भन्छन सरकार प्रति सम्पूर्ण नेपाली कलाकारहरू आभारी छौं ।

तपाईको प्रतिक्रिया