काठमाडौँ – नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले एक प्रेस बिज्ञप्ति जारि गर्दै सम्पूर्ण कलाकारको तर्फ बाट चलचित्र बिकाश बोर्डमा रिक्त रहेको कार्यकारी अध्यक्ष पदमा नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य दयाराम दाहाललाइ नियुक्त गरेकोमा नेपाल सरकारलाइ धन्यबाद ज्ञापन गर्नुको साथै नबनियुक्त अध्यक्ष दाहाललाइ सफल कार्यकालको शुभकामना तथा बधाई दिनु भएको छ । हेर्नुहोस :

प्रेस विज्ञप्ती :

२०७७ जेष्ठ २२ गते बसेको मन्त्रीपरिषद बैठकले बरिष्ठ चलचित्रकर्मी तथा नेपाल चलचित्र कलाकार संघका आजीवन सदस्य श्री दयाराम दाहाललाई चलचित्र बिकाश बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेकोमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीज्यू तथा अर्थ, संचार,सुचना प्रविधि मन्त्री श्री युवराज खतिवडाज्यूलाई सम्पूर्ण चलचित्रकर्मीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौ । नवनियुक्त अध्यक्ष श्री दयाराम दाहालज्यूको कार्यकालमा चलचित्रको बिकाश विस्तार एवं पेशाकर्मीको संरक्षण र उत्थानमा महत्वपूर्ण पहलकदमी सहित उपलव्धी हुनेछ भन्ने हामीले आशा एवं बिश्वास लिएकाछौ ।

बिगत केही महिना देखि चलचित्र बिकाश बोर्डको अध्यक्ष रिक्त रहदा चलचित्र उद्योग लगायत चलचित्रका पेशाकर्मीहरूको बिकाश तथा विस्तारका महत्पूर्ण निर्णयहरू हुनसकिरहेका थिएनन् भने बिगत दुई महिना भन्दा बढी समय देखि कोभिड- १९ कोरोनाको प्रकोपबाट देश लकडाउनमा छ । सबै क्षेत्र जस्तै चलचित्र क्षेत्र पनि ठप्प छ। चलचित्र निर्माता , चलचित्र भवन मालिक लगायत चलचित्र क्षेत्रका श्रमजीविहरू चाहे त्यो कलाकार होस चाहे प्राबिधिक निर्देशक जो कोही पनि मारमा परिरहेकाछन । चलचित्र क्षेत्रकों लागि अहिलेको अवस्था संकटकाल नै जस्तो भएकोछ । चलचित्र क्षेत्रका प्राय प्राबिधिक, कलाकारहरूलाई जीवन चलायमान बनाउन द्यौ द्यौ परिरहेकोछ । निर्माता तथा चलचित्र भवनलाई पनि आर्थिक मार परिरहेकोछ अवस्था छ । यो समयमा चलचित्र क्षेत्रमा अनेकौं चुनौतीहरू जन्मिएकाछन । यस अवस्थामा नवनियुक्त अध्यक्षज्यूबाट चलचित्र क्षेत्रमा देखा परेका चुनौती र समस्यालाई उचित व्यबस्थापन र संबोधन हुनेछ भनेर सबैले आशा एवं विश्वास लिएका छन । नव नियुक्त अध्यक्षज्यूले चलचित्र क्षेत्रमा देखा परेको संकटमय अवस्थालाई सरकारसंग समन्वय गरी समस्याको समाधन र व्यबस्थापन तर्फ बिकाश बोर्डबाट आबश्यक पहल गर्नु हुनेछ भन्ने नेपाल चलचित्र कलाकार संघले बिश्वास लिएकोछ ।
नवनियुक्त कार्यकारी अध्यक्ष श्री दयाराम दाहालज्यूलाई सफल कार्यकालको शुभकामना ।

-रविन्द्र खडका
केन्द्रिय अध्यक्ष
नेपाल चलचित्र कलाकार संघ ।
मिति -२०७७ जेष्ठ २३ गते ।

तपाईको प्रतिक्रिया