काठमाडौँ : चलचित्रका अभिनेत्री तथा मोडलहरु कसरी आकर्षक देखिन्छन् ?उनीहरु के खान्छन्, कसरी खान्छन्, के गर्छन् यावत् कुरामा जनमानसमा चासोको बिषय हुन्छ । खासगरी सेलिब्रेटीहरुले आफ्नो सौन्दर्यको बढी नै ख्याल गनुपर्ने हुन्छ । स्क्रिनमा आफ्नो रुपरंग आकर्षक देखाउनका लागि हदै सम्मको मेहनत गर्नुपर्छ । संयमित दिनचर्या, खानपान र व्यायाम जस्ता थुप्रै कुरामा सर्तकता अपनाएर सुुन्दरता बढाउन सकिन्छ ।
किनकी आफूलाई सुन्दर आर्कषक तथा टिपटप राख्नकै लागि अभिनेत्रीलाई मात्र हैन । उनीहरु जस्ता नाम चलेका सेलेव्रिटिज, ब्यबसायिक, राजनीति गर्ने महिलाहरुलाई कयौ जतन गर्नुपर्छ । आफ्नो आनीबानी देखि आफ्नो दैनिक जीवनशैलीसम्मलाई परिवर्तन गर्नुपर्छ ।
तर, कतिपय अवस्थामा सुन्दर देखिन्छु भनेर मात्र पनि हुँदैन । सुन्दर देखिनका लागि अनुहार पनि सुन्दर हुनुपर्छ । सुन्दरतालाई निर्खाने कला पनि हुनुपर्छ । नयाँ नयाँ स्टाइल छान्ने देखि नयाँ नयाँ स्टाइललाई समेत अपनाउनु पर्दछ । तब मात्र एउटा अभिनेत्री तथा मोडेलले आफ्नो लाखौ फ्यानहरुको मनमस्तिष्कमा डेरा जमाउन सक्दछ ।
सुन्दर आकर्षक देखिन सबै चाहन्छन् र यसको लागि अनेक प्रयासहरु पनि गर्छन् । यस्ता प्रयासहरुमा मेकअप मुख्य हो । तर सधै एकै खाले मेकअपले तपाई सुन्दर तथा आकर्षक देखिनु हुन्न । आफ्नो मेकअपको साथसाथ आफनो पहिरन र स्टायलमा पनि परिवर्तन गरी रहनुस् । यसले तपाईको आकर्षामा नयाँपन ल्याउँछ । पुराना कास्मेटिक्सहरु फालेर नयाँ मेकअप किट तयार गर्नुस् । कास्मेटिक एक्सपायर भइसकेका हुन सक्छन् ।
सुन्दर देखिनको लागि अपनाउने केहि बिधि तथा उपायहरु :
१. महिनामा एक पटक फेसियल र स्पा गर्ने गर्नुस् मैनीक्योर पैडीक्योर पनि गराउनुस् ।
२. बेसार कांक्रोको रस, बेसन, दही जस्ता घरेलु उपायहरु पनि गर्ने गर्नुस् ।
३. सुत्नु भन्दा अगाडि मेकअप सफा गर्नु नभुल्नुस् ।
४. गहिरो निन्द्रा लिने गर्नुस् ।
५. सुन्दर र आकर्ष देखिन राम्रो स्वास्थ्य पहिलो शर्त हो त्यसैले सबभन्दा अगाडि ढिलो सुत्ने र ढिलो उठने बानी त्याग्नुस् । चाडै सुत्नुस् चाडै उठ्नुस् र मर्निङवाक गर्नुस् ।
६. विहानको खाजा अवश्य खानस् ।
७. आफ्नो खानामा पिज्जा, बर्गर केक, चिया कफी चकलेट आदि कम गर्नुस् ।
८. पानी, जूस, दुग्ध उत्पादनहरु, हरियो साग इत्यादिको महत्वलाई नभुल्नुस् ।
९. आफू पनि खुशी रहनुस् र अरुलाई पनि खुशी राख्नुस् स्वस्थ जीवनको लागि यो जरुरी छ ।
१०. सुन्दर र आकर्षक देखिन मेकअप र राम्रो स्वास्थ्यका साथ साथै पहिरनको महत्वपूर्ण स्थान हुन्छ । त्यसैले आफ्नो बार्डरोवलाई व्यवस्थित गर्नुस् ।
१२. पहिरनको स्टायलमा पनि केही परिवर्तन गर्नुस् । धेरै जसो हल्का कलरको लुगा लगाउनुहुन्छ भने कहिले कांही गाढा रंग पनि ट्राइ गर्नुस् ।
१३. कहिले कांही फैसन डिजाइनर वा स्टायलिष्टसँग सुझाब लिनु पनि उपयुक्त हुन्छ । ब्राण्डेडको पछाडि कुदनु भन्दा आफूलाई मनपर्ने लुगा खरिद गर्नुस् ।