गायिका लक्ष्मी परियार र गायक सुमन परियारको आवाजमा रहेको रेलिमै गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडिको प्रेमको भावलाई गीतमा समावेश गरिएको छ । मौलिक लोक लय सिर्जना गरिएको गीतमा प्रेमीकाको मायामा आफु निकै घायल बनेको गायक सुमनले बताए ।

त्यसको प्रतिउत्तरमा गायिका ले मायालुको बोली र स्वभावमा जिवन नै सुम्पिएको कुरा गीतमा गरेकी छन । सुमन परियारको शब्द तथा अमृतम सुनार र सुमन परियारको लय सिर्जना गीतमा रहेको छ । गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ ।

सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन तथा निशान बानियाँको निर्देशन भिडियोमा रहेको छ ।” रेलिमै ” गीतको भिडियोमा अन्जली अधिकारी र धुव्र हिमालीको अभिनय तथा नृत्य रहेको छ ।

“रेलिमै ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

तपाईको प्रतिक्रिया