काठमान्डौ , जेष्ठ ३२
पछिल्लो समय लोकप्रीय बन्दै गएका नायक श्रीदेव भटटराई कोभड १९ मा अहिले इलाममा रहेका छन । कोमल मनका धनी अनि कुशल अभिनयका पात्र श्रीदेव भटटराईले हाल सम्म १ दर्जन नेपाली कथानक चलचित्र का साथै धेरै म्युजिक भिडियो मा अभिनय गरिसकेका छन ।

देश बिदेशमा कार्यक्रममा निकै ब्यस्त मानिएका नायक श्रीदेव अहिले इलाम को आफनै घरमा कोरन टाइनमा बसेका छन । उनी समय समयमा सामाजिक कामका साथै यस विपतको अवस्थामा असाहाय ब्यक्तिको साहरा बन्नको लागी निरन्तर सक्रिय रहेका छन । राहात कार्यक्रममा जाँदै आफ्नो घरमै समय दिएका छन ।उनले झापाको विभिन्न ठाउँ र इलाम मा पनि लकडाउनको समयमा विचलित भएका एवम् साहरा विहिन दुख पाएका धेरैलाइ सहयोग गरेका छन । उनी भन्छन दिने र लिने को फोटो हालेर लिने लाई लज्जित बनाउने र आफू हिरो हुने खालको फोटो हाल्नु मुर्खता हो भन्ने उनको बुझाइ छ ।

उनको चैत १८ मा इजिप्ट चैत २२ मा दुबइ र बैशाख ११ मा लन्डन मा हुने कार्यक्रम कोरनाको कारण ले रद्द भएको बताएका छन । भोलिको दिन नेपाली कला छेत्रमा भोलिको दिन अझ धेरै चुनौती थपिनेमा श्रीदेव निकै चिन्तित देखिन्छन । उनको नयापिडी , सुकुलगुन्डा , बिरानो माया जस्ता चलेका फिल्म हुन भने किन आउँछ याद तिम्रो र बैगुनी रहेछौ मायालु जस्ता सुपुर हिट गीतमा अभिनय गरेका छन ।

नेपालकै एकमात्र अन्तर्राष्ट्रिय अनुशासन अवार्ड पाउने ब्याक्ति बनेका छन । जुन अवार्ड २०१९ मा कतारको दोहामा पाएका थिए । उनले छ गीत बाट बेस्ट मोडल अफ द इयर पाए भने बिरानो माया र सुकुलगुन्डा बाट जुरि र बेस्ट एक्टर पाएका छ्न।

तपाईको प्रतिक्रिया