हलहरुको छाता संगठन चलचित्र संघले आफ्नो माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरु प्रस्तुत गरेको हो । चलचित्र विकास बोर्डको माध्यमबाट वुझाइएको माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम समेत दिइएको छ ।

माग पुरा नभए अषाढ ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको राय सुझावबाट संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी पनि संघले दिएको छ ।

संघका महासचिव अशोक शर्माले जारी गरेको विज्ञप्तीमा सरकारले आर्थिक बर्षको बजेटमा चलचित्र क्षेत्रको बिषयमा सम्बोधन नगरेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

लक डाउनका कारण सर्वाधिक धेरै प्रभावित भएको क्षेत्रमा चलचित्र क्षेत्र पनि रहेको तर सरकारले यो क्षेत्रको बिषयमा नसोचेको भन्दै हल संचालकहरु आक्रोशित भएका हुन् ।

तपाईको प्रतिक्रिया