काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् करिश्मा मानन्धर । उनले हालै युट्युब च्यानल शुरु गरेकी छिन् । आफ्ना दर्शकलाई अझ नजिक ल्याउन उनले युट्युब च्यानल शुरु गरेको बताइएको छ । कोरोना रोकथामको लागि गरिएको लकडाउनले फिल्मी कार्यक्रम नहुँदा उनी अहिले घरमै बसिरहेकी छिन् । लकडाउनको समयमा आर्थिक रुपमा सबल उनी युट्युबमा लागेकी छिन् । उनले आफुले युट्युब च्यानल शुरु गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन् |
उनले सामाजिक सञ्जालमा लेखेकी छिन् – “आफ्नो नेपाली दाजुभाइ दिदीबहिनीहरुसंग विभिन्न माध्यमबाट नजिक त थिये तर प्रबिधिको यो युगमा अझै प्रत्यक्ष रूपमा हजुरहरुलाइ आफ्नो केही व्यक्तिगत कुरा सुनाउ र देखाउ भनेर यो युटुब बल्ग सुरु गरेको छु कृपया Subscribe ,like & Share गरिदिनु होला ताकी धेरै साथीहरू माझ पुग्न सकु , धन्यवाद |”