काठमाडौं । मोडल अन्जली अधिकारी आमा बन्ने भएकी छन् । तर उनी वास्तविक जीवनमा नभई एक गीतको भिडियोमा आमा बन्न लागेकी हुन् । परदेशमा रहेर नेपाली गीत रचनामा सक्रिय गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेकोे ‘बेबी सावर’ गीतको भिडियोमा अन्जलीलाई गर्भवतीका रुपमा देखाइएको छ ।

डिफोर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायक प्रताप दास र मिलन नेवारको स्वर छ । भिडियोमा आयुष रिजाल, अन्जली अधिकारी, रश्मी भट्ट र कमलकान्त मैनालीलगायतका कलाकार फिचर्ड छन् ।

परिवारमा नयाँ सदस्यको आगमन हुने थाहा भएपछि नेपाली परम्परा अनुसार दही चिउरा खुवाउने गरिन्छ, तर पश्चिमी मुलुकमा भने ‘बेबीसावर’ गरी मनाउँछन् । जहाँ गीत संगितमा रमाउने गरिन्छ ।

गीतको म्युजिक एरेज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिङ मास्टरिङ विवेक शाक्यले गरेका हुन । गम्भीर विष्ट निर्देशक रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको कलर र सम्पादन छ ।

तपाईको प्रतिक्रिया