काठमाडौ । युवा पत्रकार साथै अभियानताका रुपमा चिनिने पूर्वका रमेश प्रसाई अहिले काठमाडौमा छन् । उनले हिजो भर्खर सरिता गिरि विरुद्द प्रहरीमा जाहेरी दिएका छन् ।

सरिता गिरिले संसद देखि मिडियामा नेपालको भूमि भारतको हो भन्ने जस्तो तर्क दिनेदेखि लिपुलेकदेखि लिम्पियाधुराको भूमि नक्सामा समेट्नु अघि भारतसंग सोध्नुपर्ने कुरा संसदमा समेत राखे पश्चात रमेश गिरि आक्रोशित हुदै काठमाडौ आएर सरिता गिरि विरुद्द जाहेरी दिएका छन् । “नेपालको सांसद जस्तो मान्छेले यस्तो देश विरुद्द बोल्ने भन्दै उनि विरुद्द मैले जाहेरी दिएको छु । यदि प्रहरीले यो जाहेरीमा केहि काम गर्न सकेनन् भने म अदालत सम्म पुग्छु ,” रमेशले रिपोर्टस क्लबमा मिडियासंग भनेका छन् ।

रिपोर्टस क्लब मै ऋषि धमलाले सरिता गिरिको अन्तर्वार्ता विषयमा समेत रमेश प्रसाईले टिप्पणी गरेका छन् । रमेशले धमलालाई भने, “ऋषि दाईको म शुभचिन्तक हुँ र वहाँको हरेक अन्तर्वार्ता म हेर्ने गरेको छु । ऋषि दाई सायद धेरै व्यस्त भएर होला सरिता गिरिको अन्तर्वार्तामा राम्रो तयारी नगरि अन्तर्वार्ता लिनु भएको छ । मुख्य एजेण्डामा ऋषि दाईले राम्रो प्रश्न गर्न नसक्नु भएको मेरो तर्क छ । सायद ऋषि दाईको व्यस्तताले होला राम्रो तयारी गर्न पाउनु भएन ।”

तपाईको प्रतिक्रिया