एजेन्सी – बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले गएको आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधन भएपछि सुशान्तकी दिदी श्वेता सिंह किर्ति अमेरिकाबाट भारत आइपुगेकी थिइन् ।

भाई सुशान्तको निधनले दुखी भएकी श्वेताले एक अप्रत्याशित निर्णय लिएकी छिन् । उनले आफ्ना सबै सामाजिक सञ्जालका खाताहरु डिलिट गरेकी छिन् । भारतिय मिडियाका अनुसार उनले सुशान्तको यादका पोस्टहरु हटाएकी हुन् ।

सुशान्तको यादका केही पोस्टहरु उनले शेयर गरेकी थिइन् । अहिले फेसबुक र इन्स्टाग्राममा उनका खाता डिलिट भएका छन् । उनले शुसान्तलाई सम्झिदै लेखेको भावुक स्टाटस पनि हटाएकी छिन् । अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी १७ जूनमा भारत आइपुगेकी थिइन् ।

तपाईको प्रतिक्रिया