काठमाडौं-बलिउडकी प्रसिद्ध गायिका नेहा कक्कडले केही दिनका लागि सोसल मिडियासँग दुरी बनाएकी छिन्।
जबसम्म दुनियाँ ठिक हुँदैन तबसम्म आफू सुत्न गइरहेको उनको भनाइ छ। इन्स्ट्राग्राममा केही लेखेपछि उनी सोसल मिडियाबाट अलग भएकी हुन्।
‘म जाँदै छु,’ उनले आफ्नो इस्टामा लेखेकी छिन्, ‘प्लीज जब यहाँ राम्रो दुनियाँ हुन्छ तब मात्रै मलाई उठाउनु। एक यस्तो दुनिया जहाँ स्वतन्त्रता, माया, सम्मान, ख्याल, रमाइलो र राम्रा मान्छे भएका हुन्।’
उनले आफू मर्न नलागेको भन्दै आफूबारे चिन्ता नर्गन पनि उनले आग्रह गरिरहेकी छिन्। ‘घृणा, नातावाद, मुल्यांकन, बासी मान्छे, हिटलर्स, हत्यारा, सुसाइड, अराब मान्छे भएको ठाउँमा होइन,’ उनले लेखेकी छिन्, ‘गुड नाइ। चिन्ता नगर्नुहोस्, म मर्न गइरहेकी छैन्। बस केही दिनका लागि गइरहेकी छु।’