काठमाडौं,असार १२ । लकडाउनको समय सिमा अनिश्चित बन्दा अहिले यातायात का साधनको नविकरणको लागी यातायत कार्यालय गएका सेवाग्राहीहरु आवश्यक सेवा नपाउदा प्रत्यक्ष मारमा परेका छन ।
सरकारले लकडाउन लाई निरन्तरता दिर्ने र आवश्यक मात्रामा कर्मचारीलाई कार्य सम्पादनमा लगाउनको लागी उचित ब्यावस्था गर्न नसक्दा समस्यामा परेको सेवाग्राहीले आरोप लागेको छ । आर्थिक बर्ष अन्त्य मा अनिवार्य रुपमा सरकारलाई भुक्तान गर्नुपर्ने कर बुझाउनको लागी यातायत कार्यालयमा समस्यामा परेको सेवाग्राहीले बताएका छन ।
सरकारले लकडाउन निरन्तर जारी गरे पनी लकडाउन अवधिमा कर दाखिला केही गाह्रो नभएको यातायत कार्यलय सल्लाघारी काठमान्डौका प्रमुख विमल प्रसाद भटटराईले बताउनुभयो । सिमित मानविय स्रोत र साधनको बावजुत पनी प्रभावकारी कार्यसम्पादन भएको उहाँले बताउनुभयो ।
अधिकांश कर्मचारी लकडाउनको समयमा उपत्यका बाहिर भएको र उपत्यकामा भएपनी सार्वजनिक सवारी साधन नचल्दा निकै पिडा भोग्नुपरेको कर्मचारीहरुको दावी रहेको छ । सरकारी नियमको परिधि भित्र रहेर हालको अवस्था सम्म सेवा प्रवाहमा निरन्तर लागी परेको उहाँले बताउनुभयो । काठमान्डौ जस्तो स्थानमा पनी कार्य सम्पादन प्रक्रिया सुलभ नहुदाँ राजश्व तिर्नको लागी नै आफुहरु दूई तिन दिन सम्म पनी समय माया मारेर काम गर्नुपरेको दुखेसो एक सेवा ग्राहीले बताए ।
ह्ेर्नुहोस कुराकानीको पुरा भिडियो ।