नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा रहने अभिनेता हुन् , प्रदिप खड्का। ‘प्रेमगीत’ चलचित्रबाट दर्शकमाझ परिचित भएका प्रदिप आफुलाई चलचित्रमा भिन्न भिन्न गेटअपमा प्रस्तुत गर्न रुचाउछन्। चलचित्र भिन्न अवतार कोसिस गरे पनि उनलाई भने लभरव्वाइको रुपमा नै दर्शकले रुचाए। यहि बिचमा अभिनेता प्रदिप एक गीतको भिडियोमा देखिएका छन् । नितिन चन्दको निर्देशनमा तयार भएको ‘जय जय नेपाल’ बोलको गीतको भिडियोमा प्रदिपको लुक्स भिन्न देखिएको हो। पूर्ण भिडियो सार्वजनिक तयारीमा रहेको भिडियोको टिजर सार्वजनिक भएको हो।गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ।
भिडियोमा भिन्न अवतारमा देखिदै प्रदिप खड्का
