काठमाडौं – मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाको अगुवाई र हुम्ला जिल्ला निवासी तथा फोटोग्राफर देवेन्द्र ब. शाहीको पहलमा हुम्ला जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । उत्त सामाग्रीहरु मंंगलबार हुम्ला जिल्लाका सांसद माननिय रंगमती शाहीलाई लोकप्रिय गायीका आनीछोयङ डोल्मा तथा मनघरी फाउण्डेशनका सल्लाहकार एवं बरिष्ठ पर्यटन ब्यवसायी अमर शाहीले हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सामाग्रीहरुमा ३० थान पीपीईसेट, १ हजार थान सर्जिकल मास्क, ३० थान फेसेल सिट, १२ थान फस्टएड किट र ७० थान साबुन रहेको छ । उक्त स्वास्थ्य सामाग्रीहरु प्रारम्भ नेपाल सामाजिक संस्था, राष्ट्रिय आविष्कार केन्द्र, पर्यटन व्यवसायि छेवाङ्ग लामा, राकेश शाही, व्यवसायी चन्दु थापा, लिलाराम, ज्ञानेन्द्र खड्का, नायिका शुभेच्छा थापा र सिंगापुर निवासी ज़्हेंग लिनत्तेले सहयोग गरेका थिए ।







































































