काठमाडौँ, असार १६ । लोकप्रिय हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको आज जन्मदिन परेको छ । उनले हरेक असार १६ गतेका दिन जन्मदिन मनाउँदै आएकी छिन् ।


उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गेरेपछि चर्चामा आएकी हुन् ।

मेरीबास्सैमा काम गरेपछि सामाजिक अभियन्ताका रुपमा पति हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) सँग मिलेर लामो समय सामाजिक काम गरेकी सुन्तलीले म्यूजिक भिडियो, सामाजिक टेलि चलचित्र, चलचित्रमा समेत काम गरिसकेकी छिन् । सुन्तलीलाई एकाबिहानै पति धुर्मुसले पहिलो शुभकामना दिएका छन् भने अहिले उनको सामाजिक संजाल शुभकामनाले रंगीएको छ ।

तपाईको प्रतिक्रिया