काठमान्डाँै , असार १६ ।
नेपाली मौलिक लोक गीत संगीतमा मौलिकपनको आभास दिने सिर्जनाहरु आम दर्शक तथा स्रोतामा पुयाउदै आएको पानस डिजिटलको प्रस्तुतीमा गायिका देवी घर्ति मगरको आवाजमा रहेको सामाजिक विषयबस्तुमा तयार पारिएको बास्तविक गीत ’अभागी छोरी ’ को भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
निशान बाँनियाको शब्द तथा प्रसाद लामिछानेको लय सिर्जना गीतमा रहेको छ । एउटा नारी ले आफनो श्रीमान लाई रोगको कारणले गर्दा विदेशी भुमीमा ज्यान गुमाएका श्रीमानको अवसानको कारणबाट भएको असहज परिस्थिीलाई समेटिएको छ । विवाहको केही समयमा नै श्रीमान गुमाउनुपर्दाको कठिन अवस्थालाई समेटिएको गीतका रचनाकार निशान बाँनियाले बताए । ’अभागी छोरी ’ नेपाली समाजकै एक मौलिक भोगाई भएकाले पनी आम दर्शकको मनमा र मुटुमा बस्न सफल हुनेमा आफु आशावादी रहेको उनले बताए ।
सागर गौत्तमको छायाँकन , मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाँको निर्देशन भिडियोमा देख्न सकिन्छ । ’अभागी छोरी ’ गीतको भिडियोमा आयुष्मा कार्की र प्रसाद लामिछाने को जिवन्त अभिनय देख्न सकिन्छ ।
’अभागी छोरी ’ गीतको पुरा भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोस ।