एजेन्सी – कोरोनाको रोकथामको लागि गरिएको लकडाउनको बेला आएको बिजुलीको बिल देख्दा बलिउडका अभिनेत्रीहरु अचम्मा परेका छन् । एक्कासिक ४० देखि ५० हजार रुपैयाँको बिल आएपछि अभिनेत्रीहरु आश्चर्यमा परेका हुन् ।
भारतिय मिडियाका अनुसार केही समयअघि अभिनेत्री तपसी पन्नुले पनि लकडाउनमा बिजुली खपत हुँदा पनि बिल धेरै आएको भन्दै सामाजिक सञ्जालमा आफ्नो कुरा शेयर गरेकी थिइन् ।
यस्तै अर्की अभिनेत्री हुमा कुरैशीले पनि नसोचेको बिजुलीको बील आएको बताएकी छिन् । उनले गत महिनासम्म मासिक ५ हजार देखि ७ हजार रुपैयाँ मात्र बिजुलीको बिल आउने गरेकोमा अहिले महिनाकै ५० हजार रुपैयाँ आएको बताएकी छिन् ।
उनले आफुलाई बिधुत कार्यालयले ठगेको पनि बताएकी छिन् । उनले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै विधुत कार्यालयका कार्मचारीको लापरवाही भएको भन्दै चर्को बिलको उनले विरोध गरेकी छिन् । अघिल्लो महिना मासिक ६ हजार रुपैयाँ बिल आएकोमा अहिले ५० हजार आएको भन्दै बील प्रष्ट पार्नुपर्ने बताएकी छिन् ।