रिजन नेपालको प्रस्तुती रहेको ”बनपालेको लौरी” बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ। आज (बुधबार) रिजन नेपालको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको ”बनपालेको लौरी” मा नेत्र भण्डारी र कृष्ण केसीको युगल स्वर रहेको छ।

शिवन पोखरेल र एलिना रायमाझीको अभिनय रहेको गीतको म्युजिक भिडियो चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलले निर्देशन गरेका हुन्। करण न्यौपानेको रचना रहेको गीतमा कृष्ण केसीको संगीत रहेको छ भने कृष्ण केसीकै एरेन्ज रहेको छ।

क्रान्ति केसीको सम्पादन, करण चैसिरको छायाँकनमा निर्माण भएको ”बनपालेको लौरी”को उत्कृष्ट बनेको टिमले बताएका छन्। गीतको पोष्ट प्रोडक्सनको काम सहारा फिल्मस् एंड इन्टरटेन्मेंट तथा डेकन पिक्चरमा भएको हो । हेर्नुस् गीतको म्युजिक भिडियो :

तपाईको प्रतिक्रिया