काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्जले उक्त सूचना प्रकाशित गरेको हो । उक्त अध्ययन संस्थान अन्र्तगतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजहरुमा सञ्चालिन स्नातक तथा स्नातकोत्तर तहका परीक्षा यथासक्य चाडै सञ्चालन गर्ने गरी परीक्षा तालिका शिघ्र प्रकाशित गर्ने तयारी भएकाले यस विषम परिस्थितीलाई मनन गरी आ–आफ्नो तयारीमा जुट्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सुचना हेर्नुहोसः

तपाईको प्रतिक्रिया