काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष राम नाथ महिलामाथि गलत हर्कत गरेको आरोपमा पक्राउ परेका छन् । गए राति वडाध्यक्ष नाथले ब्रह्मदेव बजारमा म’दिरा सेवन गरी महिलामाथि गलत हर्कत गरेको स्थानीयले आरोप लगाएपछि ब्रह्मदेव प्रहरी चौकीले नाथलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका नाथलाई रातिनै जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले वडाध्यक्ष नाथले महिलामाथि गलत हर्कत गरेको भन्ने कुरा आएपछि नियन्त्रणमा लिइएको बताउनुभयो । “थप कुरा बुझ्न बाँकी रहेको छ”, उहाँले भन्नुभयो, “के भएको रहेछ । आज बुझ्ने कार्य हुन्छ । त्यहीअनुसार कारवाही प्रक्रिया अगाडि बढ्छ ।” भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारमा एक महिलालाई गलत शब्द प्रयोग गर्दै वडाध्यक्ष नाथले गलत हर्कत गरेको स्थानीयको आरोप छ ।

घटनापछि बिहीबार राति ब्रह्मदेव क्षेत्र तनावग्रस्त भएको थियो । वडाध्यक्षले महिलालाई गलत हर्कत गरेको भन्दै रिसाएका स्थानीयले सीमा प्रहरीचौकी ब्रह्मदेव घेराउ गर्दै कारवाही मागसहित नारा लगाएका थिए । महिलामाथि कुनै किसिमको गलत हर्कत नगरेको वडाध्यक्ष नाथको प्रारम्भिक बयानलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया