काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बुधबार दरखास्त आह्वान गरिएको छ।

कम्पनीको सीईओमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो। यो पदका लागि योग्यता पुगेका नागरिकले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। आवेदन यो कम्पनी कार्यालय काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक लगानी कोषको भवनमा दिनुपर्नेछ।

यो पदका लागि व्यवस्थापन वा अर्थशास्त्र वा वाणिज्य शास्त्र वा वित्तशास्त्र विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातककोत्तर तह उत्तीर्ण गरेको वा स्नातक त उत्तीर्णयसहित चार्टर्ड अकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्नेछ। बैंक तथा वित्तीय संस्था वा धितोपत्र बजारमा सूचीकृत भएको संस्था वा उद्योग, वाणिज्य वा धितोपत्र बजारको क्षेत्रमा लेखा वा वित्त वा व्यवस्थापनसम्बनधी कम्तीमा चार वर्ष व्यवस्थापकीय वा सोसरहको तहमा कार्य गरेको अनुभवन हुनुपर्नेछ।

आवेदकको उमेर निवेदन दिने अन्तिम मितिमा ३० वर्ष पूरा भई ५८ वर्ष ननाघेको हुनुपर्नेछ। उम्मेदवारले आवेदनका साथै ५ हजार शब्दमा नबढ्ने गरी अंग्रेजी वा नेपाली भाषामा नागरिक स्टक डिलर कम्पनीको व्यावसायिक रणनीतिसहितको कार्ययोजना तयार गरी त्यसको ६ प्रशित सिलबन्दी गरी पेस गर्नुपर्नेछ।

यो पदको पदपूर्तिसम्बन्धी कार्यविधि २०७७ को दफा ८ मा उल्लेखित अंक भारलाई छनोटको आधार मानिनेछ। यसका लागि सोही कार्यविधिको दफा ९ अनुसारको प्रक्रिया अपनाइने कम्पनीले जनाएको छ।

यो नागरिक लगानी कोषको सहायक कम्पनी हो। धितोपत्र कोरोबारको मुख्य उद्देश्यसहित स्थापित यो कम्पनी स्टक डिलरका रुपमा काम गर्नका लागि लाइसेन्स लिने प्रक्रियामा रहेको छ।

तपाईको प्रतिक्रिया