- Entertainment Beuro

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले सिमित मानिसहरुको उपस्थितीमा बिहे गरेका हुन् ।

सरकारले जारी राखेको लक डाउनका कारण बिहे समारोहमा १५ जना भन्दा बढी मानिस उपस्थित हुन पाइदैन । अर्जुन र दुर्गाको बिहेमा डेढ दर्जन हारहारीमा पाहुनाहरु उपस्थित थिए ।

अर्जुन र दुर्गाको बिहेमा नायिका पूजा शर्मा, दीपिका प्रसाँई, निर्देशक सुदर्शन थापा, दिवाकर भट्टराई, ज्ञानेन्द्र देउजा, लेखक सामिप्यराज तिमिल्सिना, गायक प्रमोद खरेल, कृष्ण काफ्ले लगायत पुगेका थिए । ७ बर्षदेखि नजिक भएका अर्जुन र दुर्गाले एक अर्कासँग जीवन बिताउन सहज हुने ठानेपछि बिहे गर्ने निर्णय गरेका हुन् ।

तपाईको प्रतिक्रिया