काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । विसं २०५२ असार २० गते जन्मिएकी स्वस्तिमाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखी शुभकामनाको आइरलो लागेको छ ।

चलचित्र होस्टल रिटर्न्स’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी स्वस्तिमाले चलचित्रमा मात्र नभई म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । उनले छक्का पञ्जा २, नाई नभन्नु ल ५, लभ लभ लभ, ‘बुलबुल लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

निर्देशक निश्चल बस्नेतसंग विवाह गरेपछी चलचित्र नगरीमा झन् बढी सक्रिय रहेकी स्वस्तिमा अहिले अन्तर्राष्ट्रिय फिल्ममा पनि पाइला चाल्ने तयारीमा छिन् ।

तपाईको प्रतिक्रिया