- Roshan Pokharel

कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा गोरखामा पनि लफडा भएको छ । कोरोनाका कारण आज बिहान मृत्यु भएका गोरखाका कोरोना संक्रमित ४४ वर्षीय पुरूषको शव दरौंदी र लुदी खोलाको दोभान नजिकै व्यवस्थापन गर्ने तयारी गरेपछि स्थानीयले विरोध गरेपछि लफलडा सुरु भएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले संक्रमितको शव गोरखा नगरपालिका १२ र शहिद लखनथापा गाउँपालिका १ बक्राङको सीमामा पर्ने दरौँदी र लुदीखोलाको दोभान नजिकै व्यवस्थापन गर्ने निर्णय गरेकोछ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाली सेनाका चार जनाले शव व्यवस्थापन गर्ने तयारी गरेपनि स्थानियले अवरोध गरेपछि लफडा भैरहेको छ ।
पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । असार १६ गते कतारबाट फर्केका उनी जीवनज्योती मावि च्याङ्लीको क्वारेन्टिनमा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया