काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमाल आइतबार पशुपति दर्शन गर्न पुगेका छन् । आज गुरु पूर्णिमाको अवसर पारेर उनी पशुपति दर्शन गर्न पुगेका हुन् । अभिनेता हमालले पूजाअर्चना तथा आरती गरेका छन् ।
आफु पशुपतिमा दर्शन गर्न गएको बारे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन् । उनले फेसबुकमा पशुपतिमा पूजा तथा आरतीका गरेको तस्बिर र भिडियो शेयर गरेका छन् ।