नायक प्रदिप खड्का र निर्देशक दिनेश राउत एक नयाँ चलचित्रका लागि टिमअप गर्दैछन् । प्रदिप आफैले दिनेशलाई चलचित्र निर्देशनका लागि अफर गरेका थिए । प्रदिप र दिनेशको टिमले कस्तो चलचित्र बनाउन लागेको हो भन्ने बिषयमा विभिन्न खालका टिकाटिप्पणी भैरहेको छ ।

तर, वुझिएअनुसार यतिबेला दिनेशको टिम स्वर्गिय गायक अरुण थापाको बायोपिकमा काम गरिरहेको छ । म्यूजिक भिडियो निर्देशक विकास सुवेदी र निर्देशक राउतले अहिले थापाको जीवनीमा अनुसन्धान गरिरहेका छन् । तर, यसको टिमले थापाको परिवारबाट अनुमति भने लिइसकेको छैन ।

अहिले, दिनेश र उनको टिम थापाको परिवारसँग अनमुति लिने तयारीमा पनि लागेको छ । थापाको परिवारले अनुमति दिएको खण्डमा प्रदिपले चर्चित गायक थापाको बायोपिकमा काम गर्नेछन् ।

वि.सं २०५६ साल साउन ५ गते गायक थापाको निधन भएको थियो । ‘ऋतुहरुमा तिमी, चोट के हो’ जस्ता गीतका गायकको सांगीतिक र प्रेम कथा चलचित्रमा समावेश गरिनेछ ।

प्रदिपले यसअगाडि ‘दिपेन्द्र सरकार’ नामक चलचित्रमा स्वर्गिय पूर्व यूवराज दिपेन्द्र विर विक्रम शाहको भूमिका निर्वाह गर्ने तयारी गरेका थिए । तर, घोषणा भैसकेको यो चलचित्र निर्माण हुन सकेन ।

तपाईको प्रतिक्रिया