काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नी नायिका पूजा शर्माको बचाउ गर्दै कलाकारलाई अभियनको ज्ञान भए हुने अरू कुराको ज्ञान लिन आवश्यक नभएको बताएका छन् ।

निर्देशक थापाले कलाकारलाई टेलिभिजनमा बोलाएर जिल्ला र प्रदेशको संख्या सोधेकोमा आपत्ति जनाएका छन् । एउटा कलाकारलाई यी सब कुरा जान्न आवश्यक नभएको पनि निर्देशक थापाले जिकिर गरेका छन् । अभिनेत्री पूजा शर्मा अभिनयमा दख्खल भएको र उनलाई दर्शकले राम्रो अभिनयका कारण रुचाएको पनि निर्देशक थापाको जिकिर छ ।

यहाँ कतिपय डाक्टरहरूलाई देशका चर्चित तीन जना कलाकारको नाम थाहा नहुँदा त केही फरक पर्दैन भने कलाकारलाई पनि प्रदेश, जिल्लाको संख्या, मन्त्रीको नाम थाहा नुहँदा केही फरक नपर्ने निर्देशक थापाको जिकिर छ । यस्ता सामान्य ज्ञान सिक्नैपर्छ भन्ने आवश्यक नभएको पनि यी निर्देशकले जिकिर गरेका छन् ।

अभिनेत्री पूजा शर्मा निर्देशक सुदर्शन थापाकी गुटकी नायिका हुन् । थापाको पछिल्ला सबै फिल्ममा पूजा नै नायिका हुने गरेकी छन् । सोही कारण पनि आफ्नो फिल्मको नायिकाको बचाउ गर्दै निर्देशक थापाले सामाजिक सञ्चाालमार्फत यस्तो भनाइ राखेका छन् ।

अभिनेत्री पूजा शर्माले यसै साता एउटा टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा नेपालमा जिल्लाको संख्या १४ वटा बताएकी थिइन् । नेपालमा कतिवटा प्रदेश छन् भन्नेमा सोधिएको प्रश्नमा उनले प्रदेशको संख्याबारे बताउन सकिनन् । वर्तमान बहालवाला एक जना मन्त्रीको नाम पनि उनले भन्न सकिनन् ।

टेलिभिजनमा सो अन्तर्वार्ता प्रसारण भएपछि अभिनेत्री शर्मालाई धेरैले खिल्ली उडाएका थिए । सोही अन्तर्वार्तालाई टेलिभिजनले युट्युव च्यानलमा समेत राखेका थियो । उनको त्यो अन्तर्वार्तालाई धेरैले हाँसोको रूपमा सामाजिक सञ्जालमा पनि सेयर गरे । तर, पछि अभिनेत्री थापाले सो अन्तर्वार्ताका कारण आफूलाई निकै पीडा भएको भन्दै त्यसलाई हटाउन अनुरोध गरेपछि टेलिभिजनले सो अन्तर्वार्तालाई युट्युब च्यानलबाट हटाएको छ ।

तपाईको प्रतिक्रिया