धरान / बिस्वब्यापी महामारी कोरोनाको आतंक पहिले भन्दा निक्कै कम भएपनि कोरोना संक्रमितहरु दिन प्रतिदिन बढी नै रहेको छ र लगभग चार महिनाको अवधिमा बिस्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ I बिस्वलाई नै प्रभावमा पारेको यो प्रकोपले हाम्रो देश नेपाललाई नछुने कुरै भएन I भूकम्पले थालिएर बिस्तारै चल्बलाउदै गरेको यो अवस्थामा कोरोना प्रकोपले पुरै धरासायी भएको छ र यसको लागि हामी सबै नेपाली एक हुनु जरुरि छ र सम्पूर्ण बिस्वलाई हामी नेपाली एक छौ भन्ने देखाउने यो सुनौलो दिन पनि रहेको बताउँदै चर्चित गायक शिव लामिछाने “शिबाज “ले आफ्नो नयाँ गीत “हामी छौं साथ छ हातमा हात ” म्युजिक भिडियो सहित निकालेका छन् I
कृपा अनप्लगड जस्तो चर्चित म्युजिकल शो समेत परिकल्पना तथा निर्माण गरेका गायक शिव लामिछानेले कृपा दृश्य डिजिटल को युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् I हर्कुलस बस्नेत को शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्जित बल्लभ उप्रेती भिडियो सम्पादन गरेका छन् I भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन , जर्मनी , हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुको संग्लनता रहेको छ I महामारीको प्रकोप संगै देशको अर्थ राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाई ,दिदि बैनी ,इस्टमित्र , आमा -बाबु ,परिवारको मुहारमा केहि उज्यालो आवोश भन्ने मेरो मात्र नभएर हामी सबैको आकांछा रहेको गायक शिब लामिछाने बताउंछन् I उनि थप्छन – विगत देखि नै जे जस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौं र गर्ने नै छौं। हाम्रो सब भन्दा ठूलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो I र गायक लामिछानेको यो गीतले पनि भनेको छ – हामी छौं साथI म्युजिक भिडियो लिंक :

तपाईको प्रतिक्रिया