साधना लघुवित्तले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्ममा ९ गुणा बढीको आवेदन परेको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा २ लाख ५९ हजार १ सय ५ आवेदकले ६४ लाख ३२ हजार ४ सय कित्ताको लागि आवेदन दिएका छन्। यो कम्पनीले माग गरेको भन्दा ९.७२ गुणा बढी हो । कुल आवेदक मध्ये आजसम्म २ हजार ८ सय २४ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्ने छन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया