खान अयोग्य चिनी योग्य बनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई कारबाही गर्नुको साटो जोगाउने चलखेल सुरु भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका उच्च अधिकारी नै विभागलाई कारबाहीको दायरामा ल्याउनुको साटो जोगाउन लागेका छन्।

‘खान अयोग्य’ चिनीलाई ‘योग्य’ बनाएको विषयमा छानबिन गर्न गठित समितिले विभागका प्रमुख डा। मतिना जोशी बैद्यमाथि कारबाही गर्न सिफारिस गरिसकेको अवस्थामा मन्त्रालयले जोशीलाई पहुँचको आधारमा उन्मुक्ति दिन लागेको हो।

मन्त्रालयका सहसचिव डा।नारायणप्रसाद रेग्मीको संयोजकत्वको छानबिन समितिले केही दिनअघि मन्त्रालयलाई विभागीय प्रमुख डा मतिना जोशी बैद्यमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन बुझाएको थियो।

‘विभागमाथि कारबाही हुन नदिन मन्त्रालयका सचिव आफै लागेका छन्’, मन्त्रालय स्रोतले भन्यो, ‘कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको अवस्थामा सामान्य स्पष्टीकरण सोधेर सचिवले विभागका महानिर्देशकलाई जोगाउन लागेका हुन्।’ गम्भीर त्रुटि गरेको अवस्थामा सामान्य स्पष्टीकरण सोध्नुलाई मिलेमतो मान्न सकिने मन्त्रालय स्रोतले जनाएको आजकार अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया