राजु बोहरा–काठमाडौँ । नेपाल नारीहरुको महान चाड हरितालिका तीज २०७७ नजिक आउंदै गर्दा तीज संग सम्बन्धित गीतहरु पनि धेरै बजारमा आउन थालिसकेका छन् । यसै क्रमममा ABS म्युजिक प्रालिले पनि भर्खरै मात्र एक तीज गीतलाई सार्बजनिक गरिसकेको छ । पोहोरको सालको तुलनामा जे जति गीतहरु बजारमा आए आफ्नो मौलिक परम्परा भन्दा केहि टाढा भएर गीत बजारमा ल्याइएको हो कि भन्ने भान भैरहेको अवस्थामा प्रस्तुत “हे बुढा” बोलको तीज गीत भने पहिले देखि नै चल्दै आएको तीज गीत स्वाद भन्दा फरक छैन ।

“हे बुढा” बोलको यस गीतमा टिका पुन र हेमन्त शिशिरको सुमधुर स्वर सुन्न सकिन्छ । बिदुर आपगाई द्वारा शब्द सिर्जना भएको “हे बुढा” बोलको तीज गीतमा हेमन्त शिशिरको नै लय तथा संगीत संयोजन रहेको छ । गीतको जति मिठासता छ त्यो भन्दा बढी म्युजिक भिडियोलाई पनि आकर्षण दिने प्रयास गरिएको छ भिडियोमा सुरज चापागाईं बान्द्रे, सुशिला निरौला बिमलीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन देबेन्द्र पाण्डेले गरेका हुन् भने छायांकन बिपिन क्षेत्री र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


 

 

तपाईको प्रतिक्रिया