काठमाण्डौ असार २३ – पछिल्लो समय नेपाली गीत संगीत यति खेर निक्कै नै प्रतिशपर्धामा रहेको छ । यहि क्रममा सानो उमेरमा दर्जनौ गीतमा म्युजिक एरेन्ज र मिक्सिङ समेत गरि आफुलाइ स्थापित गर्ने क्रममा जीवन बडुको पहिलो नाम आउँछ । त्यति मात्र नभै भरखरै सार्बजनिक सङ्गै ट्रेडिङमा परेको तिज गीत घरको छतमा पनि जीवन बडुको म्युजिक एरेन्ज र मिक्सिङमा रहेको छ ।

काठमाडौ अनामनगर तथा साखा भारतमा पनि पहिलो नेपाली रेकर्डिङ स्टुडियो समेत स्थापना गरेका सुदुर पच्शिमकै पहिलो म्युजिक एरेन्जर गायक तथा सङीतकार भुवन बडु यति खेर आफ्नो जेठो छोरा जीवनको यो प्रगती देखेर निकै खुसी देखिन्छन । अझै भन्नू पर्दा भुवनका माइला छोरा अमन बडु पनि नेपाल तथा भारतमा म्युजिक भिडियो छायांकन र सम्पादनमा निकै चर्चामा आयका देखिन्छन ।

भुवन भन्छन २०५० साल देखि यो सङ्गीत क्षेत्रमा अनबरत रुपमा लागि परेको छु । केही रमाइला क्षण छन त धेरै संघर्स गरेका दिन सम्झिदै साङ्गीतिक पेशामा आफ्ना छोराहरु नलागुन भन्ने उनको मनसाय थियो तर त्यो हुन सकेन । छोराहरुको रुचि सङीततिरै भएको उनले पाए ।निरन्तर पढाइ ब्याचलर थर्डएयर सङै सङीत कार्य पनि गरिरहेका उनका छोरा जीवन र अमनलाई उनि उज्वल भबिस्यको कामना गर्दछन ।

उनै जीवन बडुले म्युजिक एरेन्ज तथा मिक्सिङ मास्टरिङ गरेको तिज गीत (घरको छतमा ) अहिले थुप्रै गीत उछिल्दै ट्रेडिङमा परेको छ । मनिश श्रेष्ठ एलिना चौहान को स्वर रहेको उक्त गीतमा र्याप जगत तिरुवाको रहेको छ भने अहिले उक्त गीतले बजार तताएको छ । यो गीत बुडा सुब्बा म्युजिक प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया