काठमाडौँ – कोभिड-१९ तथा लकडाउनको चपेटामा परेर मुलुकको अर्थतन्त्र तहस नहस भएको अबस्था छ । भारतको हेपाहा प्रवृति जस्ताको त्यस्तै छ,साम्राज्यवादीहरुले चौतर्फीरुपमा घेराबन्दी गरिरहेका छन् । सीमावर्तीरुपमा विस्तारवादी शक्तिहरुले पनि एकातर्फ घेराबन्दी गरिरहेको छ । सिमानामा अतिक्रमण गरिराखेको छ । त्यहाँबाट पनि हामीले मुक्त गराउन जरुरी छ । नेपालको आर्थिक, सामाजिक, राजनीतिकरुपले समग्र नीति निर्माण लगायतका समग्र क्षेत्रमा विश्व साम्राज्यवादले जुन खालको घेराबन्दी र प्रभुत्व कायम गरिराखेको छ, त्यो प्रभुत्व र घेराबन्दीबाट नेपाललाई मुक्त नगराउँदा सम्म नेपाल स्वाधीन बन्न सक्दैन ।

अहिले नेकपा आन्तरिक किचलो भित्र फस्दै गएको छ । गुट उपगुट बनाएर पार्टीलाइ टुक्र्याउने खेलमा केहि नेता तथा शक्ति केन्द्रहरु लागिपरेका छन् । कम्युनिष्टहरुलाई एक ढिक्का गर्दै, देशभरीका सबै राजनीतिक दलहरु र सबै प्रकारका समुदायहरुलाई पनि गोलबन्द गर्दै गर्दै लगेर नेपाललाई सदाको लागि स्वाधीन बनाउँदै, मुक्त गराउँदै, साम्राज्यवादीहरुको प्रभुत्वबाट मुलुकलाई मुक्त गराउने एउटा अभियान सञ्चालन गर्दै अगाडी बढ्नुको विकल्प छैन ।

नेकपाको जारी विभिन्न समितिको बैठकमा सीमा अतिक्रमणको समस्याको समाधान, पार्टीको कुरा, सरकारको कुरा, एमसीसीको विषय लगायत अरु विविध समसामयिक विषयहरुमा छलफल भइरहेको छ । अहिले नेपालको सीमा अतिक्रमणको विषयमा छलफल चलिराखेको छ । त्यसैगरी नेकपा भित्रको आन्तरिक द्वन्दलाइ कसरि मिलाएर लैजाने भन्ने बिषयबस्तुहरु तथा कोभिड-१९ र लकडाउनको असरले मुलुक आर्थिक अबस्थामा कम्जोर बन्दै गएको अबस्थामा मुलुकलाइ कसरि निकाश दिने र बिकाश निर्माणका कार्यहरुलाइ तिब्रता दिनुको साथै नयाँ नयाँ रोजगारीको अवसर सिर्जना गर्नु अहिलेको प्रमुख चुनौती भएको छ ।

नेकपा भित्रको आन्तरिक द्वन्दले गर्दा बाह्य शक्तिहरुले चलखेल गर्ने मौका पाइरहेका छन् । पार्टी एकतामा ढिला सुस्ती हुनु पनि तथा पार्टी एकता हुँदा भएका समझदारीहरु लागु नहुनु पनि अहिलेका प्रमुख कमजोरीहरु हुन्। तसर्थ सरकार सदनदेखि लिएर सबै सबै क्षेत्रमा जनस्तरसम्मका सबै संरचनाहरुलाई आन्दोलित गर्दै लैजान सक्यौं भने नेपाल मुक्त हुने अवसर पनि छ । यो अवसरलाई हामीले ठिक ढंगले आत्मसातीकरण गर्दै जानुपर्नेछ । यसो गर्न सकिएन भने नेपालको भविष्य समाप्त हुनसक्ने खतरा पनि उत्तिकै छ । त्यसैले पुर्ब एमाले तथा पूर्व माओबादीहरुले एक अर्कालाई स्वीकार गर्दै सिंगो राष्ट्रको लागि नेतृत्वदायी भूमिका निर्बाह गर्नु पर्ने आजको आबस्यक्ता रहेको छ ।

यस विषम परिस्थितिमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नु भन्दा पनि कसरि पार्टीलाइ एक ढिक्का बनाएर, देश र जनताको लागि काम गर्ने बिषय महत्वपुर्ण हुन्छ । नेकपाका युवा नेता दिपक डोटेल भन्छन जब सम्म युवा रहन्छौ पार्टीलाई विभाजनको दिशामा जान दिन्नौ र यदि पार्टी विभाजन भए नेपालमा कम्युनिस्ट पार्टीको भबिष्य नरहने समेत उनि चेतावनी दिन्छन । हामी नेकपाको कार्यकर्ता हौं, युबा,बिद्यार्थी र आम जनताले पार्टीलाई फुट्न दिनु हुँदैन। सबै नेकपाका नेता तथा कार्यकर्ताहरुको चाहना पार्टीलाइ एकबद्ध बनाएर लैजाने हो त्यसैले नेपाली जनताको भावना बुझी, आन्तरिक द्वन्दमा नफसी यस संकटको घडिमा नेकपालाइ थप सुद्रिड गर्नुको अन्य विकल्प नरहेको डोटेल बताउछन । व्यक्तिगत स्वार्थ, कुर्सि र शक्तिको खेल भन्दा माथि उठेर देश र जनता प्रति बफादार भईदिन समेत उनले सम्पूर्ण नेताहरुलाई सुझाब दिएका छन् ।
(युवा नेता दिपक डोटेल पूर्व नेकपा माओबादीको सहायक संगठन वाई सी एल नेपालको केन्द्रिय सचिबालय सदस्य र पर्यटन बिभाग प्रमुख तथा हाल राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य हुन् )

तपाईको प्रतिक्रिया