एजेन्सी – सेलिब्रिटीहरू धेरैजसो सामाजिक सञ्जालमा सक्रिय भइरहने गर्छन् । धेरै सेलिब्रिटीहरूले सामाजिक सञ्जालमा आफ्ना विचारहरु र तस्बिरहरु राखिरहेका हुन्छन् । कुनै यस्ता सेलिब्रिटीहरूपनि हुन्छन् जुन सामाजिक सञ्जालमा रमाउन चाहदैनन् । पछिल्लो समय केही सेलिब्रिटीहरु सामाजिक सञ्जालबाट टाटा हुन थालेका छन् ।

यस्तै हलिउडकी एक मोडल पनि अब सामाजिक सञ्जाल नचलाउने चएकी छिन् । हलिउडकी चर्चित मोडल क्रिसी टेगनले सामाजिक सञ्जालबाट ब्रेक लिएकी हुन् । खानपिनसँग जोडिएका कुरामा पुस्तक लेख्ने लेखक एलिसन रोमनसँग चलिरहेको झगडाबीच उनले सामाजिक सञ्जालबाट टाढा रहने बताएकी हुन् ।

केही महिनाअघि कुकबुक लेखक रोमनले भोजनको संसारमा टेगनमाथि कटाक्ष गरेकापछि फ्यानहरुले बचाउन कोसीस गरेका थिए । यसपछि यस बिषयले फरक मोड लिन थालेपछि उनले सामाजिक सञ्जालबाट टाढा रहने बताउकी हुन् । उनले भनेकी छिन् अहिले भएको यो नाटक मलाई मन परेन। मेरा सन्तानलाई पेट्री डिस बेबी भन्नु या मसँग कसैको नाम जोडेको मलाई ठीक लागेन। त्यसैले ब्रेक लिँदैछु।’

तपाईको प्रतिक्रिया