मानिसमा कुन समय कस्तो समस्या आउछ भन्ने कसैलाई पनि थाहा हुँदैन मानिसको जिबन आउने समस्याले प्राय उपचारको लागि आर्थिक रकम अभावको कारण ज्यान समेत जाने गरेको हाम्रो समाजमा ताजानै छ ।

यस्तै गरिबीको कारण र आर्थिक अभावले ज्यान जोगाउनुको निमित्त भनेर स्वदेश तथा बिदेशमा विभिन्न संघ संस्था खुलेर अभियान समेत चलाउने गर्दा छन् तर अहिले समाजसेवी यसु थापाको एकल पहलमा बागलुङ जिल्ला निसिखोला गाउँपालिका वडा नं. ५ ढोरपाटन निवासी ज्ञान बहादुर बिक को छोरा कृष्ण बहादुर बिक केही समय अघि ग्यासको खराबीको अर्थात आगोको कारण उनको शरीर ८०% प्रतिशत भन्दाबढी जलेर तनावग्रस्त भएसंगै आर्थिक अभाव झेलिरहेका लाई अहिले सहयोग रकम संकलन भैरहेको छ।

बागलुड्ग समाज बेल्जियमबाट आर्थिक सहयोग कृष्ण बिकको उपचारको लागी गरिएको छ बागलुङ समाजका अध्यक्ष गंगा शर्माको सक्रियतामा इन्डियन भारु १ लाख ७ हजार ५ सय ४९ अर्थात झण्डै १ लाख ७० हजार भन्दा बढी नेपाली रकम पीडित लाई सहयोग भएको छ। यस्तै मनकारी सहयोग बाट अझै रकम संकलन भैरहेको पीडित लाई हस्तान्तरण केही दिनमा गर्ने यसु थापाको सामाजिक फेस्बुक मार्फत देखिएको छ।

तपाईको प्रतिक्रिया