चलचित्रकर्मी युवराज लामा विवादमा तानिएका छन् । केही समयअघि आफूमाथि भुवन केसीले दुरव्यर्वहार गरेको आरोप लगाएकी साम्राज्ञीको विषयमा बोल्दा युवराज लामा विवादमा तानिएका हुन् ।उनले एक अन्तर्वार्तामा भुवन केसी पर्दामा र पर्दा बाहिर पनि रोमान्टिक रहेको र उनको विषयमा विवाद गर्नु नहुने बताएका छन्

उनले भनेका छन्, ‘भुवन केसी रोमान्टिक मानिस हुन् । कलाकार नै रोमान्टिक हुन् । त्यसैले, सामान्य छुँदा, अंगालो हाल्दा यता उता हुँदा यो कुरालाई विवादमा ल्याउनु हुँदैन् ।’ साथै, उनले साम्राज्ञीलाइ साच्चै नै दुरव्यर्वहार नै गरेको हो भने चाहिँ केही गर्नुपर्ने बताए । उनले भेन, ‘भुवनले साच्चै उनलाई दुरव्यर्वहार गरेको हो भने बोल्न पर्छ । तर, सामान्य अंगालो हालेको, छोएको, हात समाएको मा विवाद गर्नुहुन्न । त्यसमाथि पहिला नबोलेर अहिले बोल्नुले पनि फरक पार्छ ।’
युवारजको यस्तो अभिव्यक्तिलाई चलचित्र कर्मिहरुले पूर्ण रुपमा आलोचना गरिरहेका छन् । स्वस्तिमा खड्काले लामा जस्तो सिनियर चलचित्रकर्मिले यस्तो बोल्नु कदापी ठिक नरहेको बताएकी छिन् । त्यस्तै, निर्देशक तथा चलचित्रकर्मि मनोज पण्डितले लेखेका छन्, ‘चलचित्र र कला भनेर कसैले कसैलाई त्यस्तै व्यवहार गर्न पाँइदैंन र गर्न छुट छैन ।’
अन्तरवार्ताको भिडियो सहित

तपाईको प्रतिक्रिया