काठमाडौँ, कोरोना संक्रमण रोकथामको लागि घोषणा गरिएको लकडाउनको समयमा सबै शैक्षिक संस्थाकहरु बन्द छन् । शिक्षा मन्त्रालयले समेत लकडाउनका समयमा विद्याथीहरुबाट अनलाइन कक्षा तथा अन्य बहानमामा अभिभावक संग शुल्क असुल नगर्न निर्देशन दिएको छ, तर छाउनीस्थित भ्याली स्कुलले अभिभावकसंग वार्षिक परीक्षा तथा अन्य बहानामा अभिभावकलाई धम्की दिएको छ ।
काठमाडौं महानगरपालिका शिक्षा विभागमा सो विद्यालयले मनपरी शुल्क असुलेर अभिभावकलाई विद्यार्थी फिर्ता लैजान धम्की दिएको भन्ने उजुरी परेपछि विभागले लिखित स्पष्टीकरण मागेको हो ।
केहीदिन अघि अभिभावकले वार्षिक शुल्क, अनलाईन कक्षा र परीक्षा रोक्न माग गर्दै उजुरी दिएपछि सो विद्यालयलाई विभागले स्पष्टीकरण मागेको हो । विभागले सोधेको स्पष्टीकरणको स्पष्ट जवाफ नदिए कामपा शिक्षा विभागको कानून अनुसार कारबाही गर्नेछ । विद्यालय प्रशासनले चरम ज्यादत्ती गर्न थालेपनि करिब १ सय ३० जना अभिभावकले अनलाईन कक्षा र परीक्षा समेत वहिष्कार गरेका थिए ।
सो विद्यालयले परीक्षा र वार्षिक शुल्क वापत ४० हजार रुपियासम्म उठाउने गरेको उजुरी दिएपछि स्पष्टीकरण सोधिएको हो । साथै विद्यालयले अभिभावकहरुलाई शुल्क नबुझाएको भन्दै विभिन्न किसिमको धम्की दिएको उजुरीमा उल्लेख छ ।