‘नेपाल आइडल’को पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइ अहिले चलचित्रको पाश्र्व गायन होस् या आधुनिक गीतमा नै किन नहोस्, सफल छन् । उनको आवाजमा समावेश ‘के माया लाग्छ र ?’ बोलको गीत सर्वाधिक चर्चित छ ।

टिकटकमा समेत निकै चर्चामा रहेको यो गीतका गायक आफूमा घमण्ड नबढेको बताउँछन् । हरेक कुरालाई सकारात्मक रुपमा हेर्ने गायक भट्टराइले अनलाइनखबरसँग कुरा गर्दै एउटा गायकमा राम्रो गीत गाउने लोभ हुनुपर्ने बताएका छन् ।

के अरुले राम्रो गीत गाउँदा आफूले त्यो गीत किन गाउन पाइन भन्ने सोच आउँछ भन्ने प्रश्नमा उनले भने–‘अरुले गायो, उसले नपाएर मैले पाउनुपर्ने थियो भन्ने सोच आउनु गलत हो । तर, त्यो गीत मैले गाउन पाएको भए हुन्थ्यो भन्ने सोच आउनुपर्छ । एउटा गायकमा राम्रो गीत गाउने हुटहुटी सधै हुनुपर्छ ।’

गायक भट्टराइले ‘नेपाल आइडल’ आफू नहुँदा दुख मानेका धेरै दर्शक तथा श्रोताका लागि पनि आफूले धेरै काम गरेर देखाउनुपर्ने बताए । उनले भने–‘मलाई नेपाल आइडलको विजेता नभएको धेरै दुःख आजको दिनमा लाग्दैन । तर, मलाई जिताउनका लागि जसले दुःख गर्नुभयो, उहाँहरुका लागि पनि मैले धेरै काम गर्नुछ ।’

तपाईको प्रतिक्रिया