काठमान्डाँै ।
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका सम्झना पुन , भुमसरी पुन र गायक राजु सुनाम र गोविन्द पराजुलीको आवाजमा ”चक चके ” गीतको भिडियो सम्झना डिजिटल मार्फत सार्वजनिक भएको छ ।
नारीहरुको महान पर्वमा हुने उत्साह र उमङलाई गीतमा समेटिएको छ । निकै आर्कर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा रोचक रुपमा समेटिएको छ । युवा अवस्थामा हुने प्रेमको भावनालाई गीतमा समेटिएको छ । राजु सुनामको शब्द तथा लय सिर्जना र एरेन्ज गीतमा छ ।
प्रकाश खड्काको छायाँकन , मिलन विश्वकर्माको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ”चक चके ” गीतको भिडियोमा टिका जैशी , निर्मल क्षेत्री र रेश्म चिठीको अभिनय तथा नृत्य रहेको छ ।

”चक चके ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया