काठमाडौँ । निकै चर्चित लोक तथा दोहोरी गायिका राधिका हमालको अर्को उत्कृष्ट तिज गीत ”सिन्दुर लगाउछु प्यारा ” बजारमा आएको छ ।
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको उनले बताइन । मौलिक शब्द तथा उत्कृष्ट प्रस्तुती उनको गीतको सवल पक्ष हुन । परदेशमा भएका आफना माइतीको यादमा गीत सिर्जना गरिएको छ ।
राधिका हमालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ ।चाड पर्वमा आफनो माइती को आँगनीमा बसेर पिडा र दाजुभाई माझमा मन का विरहका ब्यथा सुनाउनको लागी र पर्वलाई रमाइलो सगँ मनाउनको लागी गीतमा आग्रह गरिएको छ ।
”सिन्दुर लगाउछु प्यारा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।