विराटनगर :प्रत्येक वर्ष विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्रा स्थगित भएको छ । एसियाकै ठूला रथयात्रा मध्ये एक मानिएको रथयात्रा कोरोना महामारीका कारण यस पटक स्थगित भएको हो
साउन २८ गते हुने रथयात्रा कोरोना संक्रमण जोखिम बढेकाले यात्रा स्थगित गरेको श्रीराधाकृष्ण रथयात्रा सञ्चालक समितिका अध्यक्ष बाबुराजा ओझाले इन्टरटेन्मेन्ट खवरलाई जानकारी दिए ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले कोरोना संक्रमणको जोखिम भएकाले सार्वजानिक रुपमा रथयात्रा नगर्ने निर्णय भएको बताए । रथयात्रा अगाडि साउन १५ देखि २७ गतेको झुलन
महोत्सव पनि यस पटक सञ्चालन नहुने बताइएको छ ।
सार्वजनिक प्रयोजनमा रथयात्रा नगरेपनि मन्दिर परिसरमा रथयात्राको विधि भने सञ्चालन हुने अध्यक्ष ओझाले बताए ।
विगराटनगरमा हुने श्रीराधाकृष्ण रथयात्रामा लाखौं भक्तजनहरु सहभागी हुने गरेका छन् । पूर्वी नेपाल र सिमावर्ती भारतका विभिन्न ठाउँबाट रथयात्रा अवलोकनका लागि मानिसहरु आउने गरे
का छन् । विस १९८८ सालदेखि सुरु भएको खटयात्रा विस २०२५ सालयता रथयात्रा गरिदै आएको छ ।