एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय वच्चनलाई आइतबार कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि बलिउडका कलाकार र फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
कोरोनाको संक्रमण उनका ससुरा अमिताभ, पति अभिषेक र छोरी आराध्यामा पनि देखिएको छ । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
अभिनेता विवेकले वच्चन परिवारलाई जतिसक्दो छिटो कोरोना संक्रमण निको भएर रिर्पोट नेगेटिभ आओस् भन्दै भगवानसँग प्राथना गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् सिनियर वच्चन र जुनियर वच्चनलाई जतिसक्दो छिटो निको होस् ।