किस्ना आचार्य रोशनी, काठमाडौ

हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिदै गर्दा धेरै कलाकार सर्जक लाई यतिखेर तिजगीत बनाउन गाउन र म्युजिक भिडियो निर्माण गर्न भ्याइ न भ्याइ छ ।
कतिपयले भने तिज गीत सार्वजनिक समेत गरिसकेका छ्न् ।
यसैक्रममा भर्खरै मात्र उद्घोषिका तथा गायिका शितत शर्माको मौलिक तिज गीत शितलु सार्बजनिक भएको छ ।
लोकप्रिय सर्जक नवराज पन्तको शब्द सिर्जना प्रकाश पराजुली को लय सिर्जना मा प्रकाश पराजुली र शितल शर्माको स्वर रहेको छ ।
मौसम हिमालिले निर्देशन गरेको गीतको म्युजिक भिडियो लाई करन चैसिर ले खिचेका छ्न भने मनोज कार्कीले सम्पादन गरेका छ्न ।
म्युजिक भिडियो मा शितल शर्मा प्रकाश पराजुली निरु खड्का शिवम गरिमा लगायत को अभिनय देख्न पाइन्छ ।
गीत शितल शर्मा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया