अभिनेत्री आँचल शर्माका अभिनित गीतका भिडियोहरु पछिल्लो समय बजारमा आएका छैन । उनी विवाह बन्धनमा बाँधिएपछि उनी फिल्म, म्युजिक भिडियो भन्दा नि घरायसीमा काममा व्यस्त भइन् । त्यस कारण पनि उनका विवाह पछि सायदै म्युजिक भिडियो लगायत फिल्ममा अभिनय गरिनन् । गत फागुन २९ गते चितवनका डा.उदीप श्रेष्ठसँग विवाह गरेकी आँचलको चर्चा फिल्म तथा म्युजिक भिडियोको भन्दा उनले लगाएको लेहेँगाले भएको थियो ।

अव फेरि उनी म्युजिक भिडियो मार्फत दर्शकमा आउने जमर्को गरेकी छन् । हालै उनले एक म्युजिक भिडियोको सुटिङका तस्विरमा देखिएपछि आँचल फेरि रंगिन दुनियाँमा फर्किएको अनुमान गर्न थालिएको छ । विवाह पछि नेपाली अभिनेत्री तथा मोडल फिल्म तथा म्युजिक भिडियोबाट टाटै रहेका उदाहरण रहेका छन् । हुन त गीतमा नाचिरहेको मान्छे र फिल्ममा अभिनय गरिरहेको मान्छेलाई घरमा बसिरहन मनले त कहाँ मान्छ नि हैन र ? नेपाली एउटा उखान छ नि, खाने मुखलाई जुँगाले कहाँ छेक्छर ? अभिनय त गर्ने पर्यो नि हैन आँचल जी ।

तपाईको प्रतिक्रिया