नेल्सन मण्डेलाको जन्म जयन्तीको अवसर पारेर १२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२० प्रदान गरिएको छ । हिजो जुलाई १८ का दिन इन्टरनेशनल पीस अवार्ड-२०२० बाट १२ जना नेपालीलाई प्रदान गरिएको हो ।

सम्मानित हुनेहरुमा अभिनेत्री तथा मोडल नीतु कोइराला, सङ्गीतकार रेखा पौडेल, चरित्र अभिनेत्री बिमला गिरी, कलाकार शर्मिला शर्मा, अभिनेत्री सभ्यता गिरी, गायिका इन्दिरा भट्टराई, सञ्चारकर्मी गीता अधिकारी, सञ्चारकर्मी राज लुइँटेल, विजनेस वुमन सुशिला थापा, समाजसेवी सुशिला गौतम तथा समाजसेवी तृष्णा गुरुङ रहेका छन् ।

वर्ल्र्ड कनेक्ट डेभ्लप्मेन्ट तथा पीस अफ इन्डियाले यी नेपालीहरुलाई आफ्नो क्षेत्रमा विशिष्ट योगदान पुर्‍याए बापत प्रदान गरिएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण अनलाइनमा भर्चुअल कार्यक्रम गरी अवार्ड समारोह सम्पन्न गरिएको सम्मानित हुने नेपाली अभिनेत्री तथा पिस अफ इण्डियाका लागि नेपालकी प्रतिनिधि नीतु कोइरालाले जानकारी गराइन ।

तपाईको प्रतिक्रिया