निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपाल (प्याब्सियु) द्धारा पोखरा स्थित प्याव्सन, एनप्यासन र युनिप्सको कार्यालयमा तालाबन्दी गरिएको छ ।
शिक्षक कर्मचारीहरुलाई समेत बाँच्न देउ भन्दै निजी विद्यालयमा कार्यरत–शिक्षक कर्मचारीहरुको उल्लेख्य सहभागितामा तालाबन्दि गरिएको प्याब्सियु नेपालमा केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।
व्यावसाय सञ्चालन गरेपछि नाफा र घाटाको विषय सञ्चालकको हुने भएकाले निश्रिुद्रानचत तलब तथा पारिश्रमिकमा बाँच्ने मजदुरमाथि यसको भार थोपर्नु नहुने उल्लेख गर्दै शिक्षक कर्मचारीलाई निजी विद्यालयले भोको पेटमा काम गर्न बाध्य बनाएको उनले बताए ।
शिक्षक कर्मचारीको पेशागत सुरक्षाको ग्यारेन्टी गर्दै बालबालिकाको पढ्न लेख्न पाउने अधिकार सुरक्षित गर्ने कुराप्रति निजी विद्यालयका सञ्चालकहरू गम्भीर नदेखिएको उपाध्यायको आरोप छ । हेर्नुहोस् भिडियो ।

तपाईको प्रतिक्रिया