राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिगत २१ बर्ष देखी सन्चालनमा रहेको सत्यवती कलाकेन्द्र कि प्रशिक्षक श्री बिरमा खड्काको स्वर शब्द र लयमा एक मौलिक तिज गित “ढल्की नाचौंला” सत्यवती मिडिया फिलिम्स युट्युब च्यानल बाट बजारमा आएको छ । यो गितलाई मुर्त रुप दिने काम यसै कलाकेन्द्र परिवारले गरे को छ । रीमा रेकर्डिङ्ग इस्टुडियो रेकर्ड भएको तेजेन्द्र गुरुङ्गको मिक्सिङ रहेको उक्त गितलाई एरेन्ज र भिडियो सम्पादन बिबेक खड्काले गरेका छन ।

यसै कलाकेन्द्रका अध्यक्ष एवं निर्देशक उदिराम खड्काको निर्देशन रहेको यस भिडियोको मोड्लिङ पार्टमा भने नयाँ नयाँ म्युजिक भिडियो र शर्ट मुभीहरु निर्देशन गर्न खप्पिस बिन्दु खड्काको उत्कृस्ट नृत्य सहितको अभिनय रहेको छ । छायांकन मिराज अर्यालले गरेका हुन् ।  इस्मरण रहोस, कलाकेन्द्रका सम्रक्षक एवं बरिष्ट कलाकार नारायण रायमाझीको बिसेस सहयोग र प्रेरणाले यो म्युजिक भिडियो निर्माण भएको हो भने उदिराम खड्का, बिर्मा खड्का, बिबेक खड्का, बिन्दु खड्का र मनोज खड्का सहित ५ जना परिवार नै यस गीतको म्युजिक भिडियोमा देखिएका छन् ।

भिडियो हेर्न तल कल्क गर्नु होला ।

तपाईको प्रतिक्रिया