काठमाडौँ – रोज शिप बिकाश तालिम केन्द्रको आयोजनामा काला-कोला टिकटक क्विन प्रतियोगिता सम्पन्न भएको छ। बिगत १२ बर्ष देखि नेपालमानै सौन्दर्य सामाग्रीहरु उत्पादन गरि बिक्रि वितरण गर्दै आएको काला-कोला कम्पनिले आफ्नो ब्यापार प्रबर्धन तथा सौन्दर्यकर्मीहरुलाई प्रोत्साहन गर्नको लागि काला-कोला टिकटक क्विन प्रतियोगिता आयोजना गरेको कुरा कम्पनिका अध्यक्ष चेतन गोयलले बताएका छन् ।

सौन्दर्य सामाग्री उत्पादन तथा बिक्रि वितरणमा नेपालमा एउटा छुट्टै पहिचान बनाउन सफल काला-कोला कम्पनिले सम्पूर्ण सौन्दर्यकर्मी तथा ग्राहकहरुको मन जित्न सफल भएको र ग्राहकहरुको रोजाइमा परेको कुरा रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले बताएकी छिन। उक्त अबसरमा नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी तथा मोडल परिशी काररंजितले सौन्दर्य सामग्रीहरुलाई कसरि प्रयोग गर्ने भन्ने समेत जानकारी गराएकी थिइन्।

यस्ता प्रतियोगिताहरुले गर्दा नयाँ नयाँ कुरा सिक्न र सौन्दर्यकर्मीहरुले बजारमा आएका सौन्दर्य सामग्रीहरुको बारेमा थाहा पाउन समेत सजिलो हुने र कम्पनि र सौन्दर्यकर्मी बीच पनि राम्रो सम्बन्ध हुने कुरा समेत बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले उक्त अवसरमा बताइन।

काला-कोला टिकटक क्विन प्रतियोगितामा अथितिहरुमा संचारकर्मी तथा निर्देशक सुर्य चन्द, काला-कोला कम्पनिको ब्राण्ड एम्बेस्डर परिशी काररंजित, गायिका तथा संचारकर्मी सरिता भारती, काला-कोला कम्पनिको मार्केटिङ म्यानेजर मनिस कुमार रौनियार रहेका थिए भने प्रतियोगीहरुमा फेसन डिजाइनर काजल शर्मा, सौन्दर्यकर्मिहरु रिना अवाले, नविना अधिकारि, सरु जोशी, लिना डंगोल, दुर्गा श्रेष्ठ, गङ्गा केसी, प्रतिभा शाही, मिना लामा, कबिता लामा, सहन्सिला शाक्य, सरिता मानन्धर, निलम तामाङ, निर्मला सिंह, दिभ्या सैजु, कन्चन श्रेष्ठ, उषा गुरुङ, जया थापा, बिना राना मगर, अनिशा श्रेष्ठ, रिना लामा, अन्जली दुला, मिना पौडेल, सबिना शाही र रुपा गर्तौला लगायतका सौन्दर्यकर्मीहरु रहेका थिए।

भबिस्यमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने र सौन्दर्य ब्यबसाय गर्नेहरु संग अन्तरक्रिया कार्यक्रम गर्दै जाने तथा सौन्दर्यका सामाग्रीहरुलाई पनि अझ ब्यापक परिमार्जन गर्दै लैजाने कुरा कम्पनीका मार्केटिङ म्यानेजर मनिस कुमार रौनियारले बताएका छन्।

तपाईको प्रतिक्रिया